शिव मारुती ज्वेलर्स

महोत्तरी , चैत्र ९ गते । बर्दिवास नगरपालिकाले अस्पतालहरुलाई गर्भवती महिलाहरुका लागि मेयर चढने गाडी उपलब्ध गराएको छ ।

विहिबार बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीले बर्दिवास अस्पताल व्यवस्थापन समितिका अध्यक्षय जयनरायण शर्मालाई आफु चढने गाडी हस्तान्तरण गरेका हुन् ।

शुभकामना

बर्दिवास नगरपालिकामा वसोवास गर्ने सबै जन्ताहरुका लागि यो सेवा उपल्वध गराएको मेयर क्षेत्रीले बताउनुभयो । वहाँका अनुसार बर्दिवासका वडा एक देखि चौदै वटा वडाहरु पशुपतिनगर,किशाननगर,बिजलपुरा,खैरमारा,माईस्थान लगायत यस नगरपालिका भित्र रहेका सबै वडाहरुमा गर्भवती बोक्न यो गाडिको प्रयोग गर्न मिल्ने बताए । रातिको समयमा अस्पतालमा काम गर्ने डाक्टर नर्सलाई समेतलाइ सुुविधा हुनेगरी अस्पतालका व्यवस्थाप समितिलाई गाडी उपलब्ध गराएको बताउनुु भयो ।

गएको वर्ष एम्वुुलेन्स अभावका कारण यस पालिकामा धेरै समस्या आईरहेको हुदाँ म निर्वाचित भए संगै नगरपलिकाको पहिलो निर्णय अनुुसार नगरपालिकाले नगरकार्यपालिकाको निर्णय अनुुसार मेयर चढने सफरी गाडी अस्पताललाई उपलब्ध गराने भनिएको बमोजिम अस्पताललाई उपलब्ध गराएको बताउनुुभयो ।

सिमान्तकृत, लोपोन्मुख लगायतका स्वास्थ्यको पहुँचमा नपुगेका नागरिकलाई अब बर्दिवास नगरपालिकाले स्वास्थ्य सेवा मार्फत सबैलाई स्वास्थ्यको पहुँचमा ल्याउने समेत बताउनुुभयो । यसलाई प्रभावकारी बनाउनका लागि आउने दिनहरुमा अव एक वडा एक एम्वुलेन्स सेवा उपलब्ध गराउने मेयर क्षेत्रीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

२०७९ चैत्र ९, बिहीबार १३:४०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय