सोनमा , चैत २५ गते । महोत्तरीको सोनमामा आगलागि हुदा लाखौको क्षति भएको छ ।
सोनमा गाउँपालिका वडा न. १ सोनमा स्थित मनोहर ठाकुर , इन्दल ठाकुर र इनरजित ठाकुरको घरमा आगलागी हुदा करिब ७ लाख बराबरको क्षति भएको हो ।शनिबार दिउसो १२ बजेर विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।
शुभकामना

आगलागीबाट मनोहर ठाकुरको घरमा रहेको चामल , गहुँ , २ वडा सिलिन्डर , कपडा लगायतको सामान जलेर नष्ट भएको छ । त्यस्तै इन्दल ठाकुर र इनरजित ठाकुरको घरसहित पराल ,कुनिउ जलेर नष्ट भएको छ ।
मनोहर ठाकुरको घरमा भाडामा बस्दै आइरहेकी रामकुमारीको पनि लत्ताकपडा , खाद्यान्न लगायतका सामग्री , १० हजार नगद , आवश्यक कागजातहरु जलेर नष्ट भएको छ ।
आगलागी जनसमुदाय र सम्सीको वारुण यन्त्रबाट केहि समयमा नियन्त्रणमा आएको थियो । आगलागीको बखतमा तिन ओटै घरमा कोहि पनि थिएनन्














