अवजित दास ,चैत्र २८ गते । जिल्ला महोत्तरी लोहारपट्टी न.पा. वडा नं. ६ लोहारपट्टी चौक स्थित शिव आश्रममा नदाफले रमजान मनाउन ज्याला गरेको पैसा मागेपछि ठेकेदारद्वारा अमानवीय व्यवहार गरेका छन् ।
मोबारक नदाफले दैनिक ज्याला मजदुरी गर्दै आएको थियो। ठेकेदार कृष्ण मिश्र भन्ने आनन्द कुमार मिश्रसंग काम गर्दा-गर्दै नदाफले रमजान मनाउन काम गरेको पैसा धैरै पटक माग्दा पनि ठिकेदार नदिएको रिसमा नदाफले काम गर्ने औजार लिएर घर आएपछि ठेकेदारले मेरो समान लिएर आउनु म पैसा दिन्छु भनेर आश्रममा नदाफलाई बोलाएर पैसा दिनुको सट्टा नदाफलाई चोरीको अरोप लगाएर कुटपिट गरेका थिए।
शुभकामना

२३ गते विहान ८ः०० बजेको समयमा ठेकेदारले नदाफलाई घरबाट आफैं समातेर लोहारपट्टी चौकमा ल्याई नदाफको अनुहारमा कालो-मोसो दली हाथ बाँधी कपाल मुण्डन गरी गाउँ भरी अपमानित गरी अमानविय व्यवहार गरी अमानविय व्यवहार गरेको थियोे ।
ठेकेदार उपर कार्यवाही होस् भनी स्थानियहरुले मांग गरेपछि ठेकेदारको गल्तीको कारण जलेश्वर प्रहरीले आफ्नो पक्राउ गरेका छन् । यस्तो किसिमको मानसिकता भएका ब्यक्तिहरुलाई कडा भन्दा कडा सजाय हुनुपर्छ स्थानीयहरुले प्रहरी लाई अनुरोध गरेका छन् ।














