शिव मारुती ज्वेलर्स

सिरहा, बैशाख ५ गते । सिरहामा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको लहान–ठाडी सडकखण्ड अन्तर्गत प्रयागपुरमा मोटरसाइकल एकापसमा ठोक्किँदा आइतबार राति एक जनाको मृत्यु भएको छ । यस्तै, पाँच जना घाइते छन् ।

शुभकामना

स ४ प ५५१६ नम्बर र प्रदेश २–०१–००३–३२८९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते भएका सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–४ का २२ वर्षीय अमित पासवानको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उनीसँगै मोटरसाइकलको पछाडि सवार सखुवानन्कारकट्टी–४ का सचिन पासवान र कमलेश मण्डल घाइते भएका छन् ।

यस्तै, स ४ प ५५१६ नम्बर मोटरसाइकलमा सवार सप्तरी बलानविहुल गाउँपालिका–३ का ४५ वर्षीय शिवकुमार यादव, उनका पत्नी ३० वर्षीया पवित्रा र १० वर्षीय छोरा सुशान्तकुमार यादव घाइते भएका छन् ।

घाइतेहरुको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए ।

२०८० बैशाख ५, मंगलवार ०१:५६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय