शिव मारुती ज्वेलर्स

ढल्केवर, धनुषा। धनुषाको मिथिला नगर बाल संजालको पुर्नगठन गरिएको छ।

धनुषाको मिथिला नगरपालिका मा रहेको नगरस्तरीय बाल क्लबको पुर्नगठन शनिबार गरिएको छ। मिथिला नगरपालिका
महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका महिला विकास निरीक्षक भगवती गजुरेलको अध्यक्षता र मिथिला नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका बाल कल्याणकारी अधिकारी मिलन देवी श्रीवास्ताव की प्रमुख आतिथ्यमा महेन्द्र मावि ढल्केबरको सभाहलमा नगरभित्रका सबै वार्डका बालक्लबका समितिहरूको सहभागितामा एक कार्यक्रम गरेर समिति पुर्नगठन गरिएको कुरा नगर बाल संजालका पुर्वसचिव अमित कुमार महतोले बताउनुभयो।

शुभकामना

दिपेश कुमार सिंहको नेतृत्वमा १७ सदस्यीय समिति चयन गरिएको छ ‌। समितिको उपाध्यक्षमा वन्दना कुमारी यादव, सचिवमा हरिचन्द्र साह, सहसचिवमा मनिता कार्की, कोषाध्यक्षमा अंकिता सिहं , सदस्यहरुमा प्रदिप कुमार महतो,नागेन्द्र महतो,धर्मेन्द्र महतो, ललित कुमार सिंह,अभिषेक महतो ,आरती सिंह,ललित कुमार महतो, रञ्जना महतो,रोशन कुमार महतो, संकल्प घिमिरे ,चाँदनी कुमारी महतो रहेका छन्।
बाँकी २ जनालाई अझै थप गर्ने निर्णय गरियो।

कार्यक्रममा मिथिला नगर युवा सञ्जालका अध्यक्ष राजु कुमार सिंहले “शिक्षा, स्वास्थ्य र अधिकारको क्षेत्रमा धनुषाको मिथिला नगरपालिकाले उदाहरणिय काम गर्दै आएको र भविष्यको जग रहेका आजका बालबालिकालाई यसरी बाल क्लबको बारेमा घुलमिल गराई एक किसिमको नेतृत्व विकासमा मदत पुर्याई रहेकोले नगरपालिकाको प्रशंसा गर्नुभएको थियो।

कार्यक्रममा मिथिला नगरपालिका को ११ वटै वाडा का बाल क्लबका प्रतिनिधि र महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा मिथिला नगरपालिका का प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घोषकको रुपमा मिथिला नगर बाल संजालका पुर्वअध्यक्ष दिवेश कुमार महतोले निर्वाह गर्नुभएको थियो।

२०८० बैशाख ९, शनिबार ११:१३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय