शिव मारुती ज्वेलर्स

गणेश कुमार सिंह ,असार १० गते । बर्दिबास नगरपालिकाले ल्यायो रु.१ अर्ब ५ करोड १९ लाख १८ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको १२ औँ अधिवेशनमा आज नगरपालिकाका उपप्रमुख तारा देवीले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि रु. १ अर्ब ५ करोड १९ लाख १८ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

शुभकामना

नगरपालिकाले चालु बजेट तर्फ ,नगरपालिकाको कार्यालय ,वडा कार्यालय ,बर्दिबास अस्पताल ,स्वास्थ्य चौकी नगर शिक्षक व्यवस्थापन लगायतका लागि कार्य संचालन तथा चालु प्रकृतिको खर्च तर्फ: रु१९ करोड ६९ लाख ६० हजार  ,कार्यालयको पुँजिगत खर्च ( फर्निचर मेशिन औजार तथा पुँजिगत परामर्श खर्च )तर्फ :रु ९५ लाख ,पुँजिगत तर्फ: नगरका विभिन्न सडकहरु कालोपत्रे ढलान तथा स्तरोन्नति गर्न सडक निर्माण तर्फ: रु ६ करोड ८४ लाख १५ हजार ,स्वास्थ तर्फ: एकमुष्ट रु ५ करोड ९५ लाख ,शिक्षा विकास क्षेत्र तर्फ: एकमुष्ट रु ३ करोड तथा युवा खेलकुद विकासका लागि ४० लाख, खानेपानी तथा सरसफाइ तर्फ:रु. १ करोड ,सिँचाइ तर्फ:रु.९५ लाख विनियोजन गरेको छ ।

पर्यटन तर्फ : आन्तरिक पर्यटन पर्वद्धन गर्न नगरपालिकाको पर्यटनको संभावना बोकेको क्षेत्रको खोजी गरि पर्यटन प्रर्वद्धन गर्न आवश्यक भौतिक पुर्वाधार निर्माण गर्न लागि रु. ४५ लाख ,रातु खोला नदि उकास जग्गामा बर्दिबास फन पार्क निर्माण गर्नका लागि रु. ८५ लाख , भवन तथा शहरी विकास तर्फ : विभिन्न सामुदायिक भवन बसघरा तथा अन्य गुम्बा मठ मन्दिर धर्मशाला प्रतिक्षालय आदि निर्माण गर्नका लागि रकम रु.१ करोड ६५ लाख ,सहकारी तर्फ : विभिन्न कोपिमिस ,ऋण जोखिम व्यवस्थापन सहकारी व्यवस्थापन तालिम कार्यक्रमहरु संचालन गर्न रु. ८ लाख ,कृषि / पशुपँक्षीपालन तर्फ : २५ लाख  ,भैंसी पालन ,विभिन्न पशु स्वास्थ शिविर संचालन ,पशु पँक्षी लाग्ने रोगहरुको लागि निशुल्क खोप दिन,पशु विमा,उन्नत जात घाँस बीउ तथा नगरपालिका लाई दूध फलफूल मासुमा आत्मनिर्भर बनाउन पशुविकास कार्यक्रम तर्फ रु. ५० लाख विनियोजन गरिएको छ ।

त्यस्तै ,न्यायीक समिति तर्फ रु.१५ लाख ,विपद् व्यवस्थापन कोश खडा गर्न का लागि रकम रु. २८ लाख र उर्जा तथा ग्रामीण   विद्युतीकरण तर्फ : उज्यालो बर्दिबास कार्यक्रमको लागि रु. ७५ लाख  गरि संघीय र प्रदेश सरकारबाट प्राप्त ससर्त प्रकृतिका कार्यक्रमहरु तपशिल अनुसार तोकिएको कार्यक्रम खर्च गर्ने व्यवस्था समेत  मिलाएको छु उपप्रमुख भनेको छ ।

त्यस्तै, नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १३ वटै वडाको वडा स्तरीय आयोजना संचालन गर्न का लागि एकमुष्ट रकम रु.८ करोड ८१ लाख  बजेट बिनियोजन गरेको छ ।

नगरपालिकाको १२औं नगरसभाको अध्यक्षता नगरपालिकाका प्रमुख प्रहलाद कुमार क्षेत्रीले गर्नुभएको थियो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, विकास निमार्ण तथा पूर्वाधारलाई जोड दिएको छ ।

सो अवसरमा नगरपालिकाका प्रमुख क्षेत्रीले सीमित साधन श्रोतका बाबजुद पनि नगरपालिकामा उल्लेखनीय रुपमा विकास निमार्णका काम भइरहेको उल्लेख गर्नुहुँदै नगरपालिकाको विकासमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

  उपमेयर तारा देवीले प्रस्तुत बजेटले बर्दिबास नगरपालिकाको विकासमा सहयोग पुग्नेमा जोड दिनुभयो ।

 

२०८० असार १०, आईतवार १७:०९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय