विनोद मण्डल, असार १६ । सिराहाको धनगढीमाई १३ स्थित रहेको डावर खेल मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चोहोर्वा फुटबल टिम र कल्याणपुर फुटबल टिमविच भएको खेलमा चोहर्वा फुटबल टिम विजय भएका छन ।
शुभकामना

नेपाल खेलकुद महासंघ सिरहाको आयोजनामा आयोजित कार्यक्रममा श्रवण ठकुरीको अध्यक्षता र माननीय सत्रुघन महतोको प्रमूख आथित्यमा आयोजित कार्यक्रममा विशिष्ट अथिती मेयर शिवशंकर महतो, पाण्डव हमाल अथितिहरु श्याम कुमार सिंह ,प्रेम कुमार लामा , दिलीप लामा ,अमित लामा ,रामेश्वर यादव , मेख बहादुर मगर लगाएत जिल्लाका खेल जगतका चर्चित व्यक्तित्वहरूकाे सहभागितामा आयोजित कार्यक्रममा अथितीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
खेलमा सहभागी सबै टिमका खेलाडीहरुलाई प्रमाणपत्र र तक्मा प्रदान गरिएकाे थियाे ।
खेलको शुरुमा ओलम्पिक धुन बजाइएको थियाे भनें उद्दघाटन हुनु पूर्व राष्ट्रिय गान गाइएको थियो ।
खेलाडीलाई फुटबल दिँदै पूर्व मन्त्री सत्रुघन महतोले खेलको उद्दघाटन गरेपछि खेलाडीहरुले खेल शुरु गरेका थिए ।














