फोकस नेपाल ,असार २० गते । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको मंगलबार बेलुका निधन भएको छ ।
रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन बूढानीलकण्ठस्थित घरमा मृत अवस्थामा भेटिएका हुन । उनको मृत्युकाे कारण खुलेको छैन ।
शुभकामना

उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।














