शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,३० असाेज । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा १ दिन सार्वजनिक विदा दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने बताए । यद्यपि सरकारले निर्णय गरिसकेको छैन ।

आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा आफूले १ दिन विदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताएका छन् ।

शुभकामना

‘भर्खरै मैले सम्माननीय प्रधानमन्त्रीज्यूसँग समन्वय गरेँ । संस्कृति मन्त्रालयले प्रस्ताव बनिसकेको छ’, ‘शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको निधनमा सरकारको तर्फबाट शोकको रुपमा एक दिन राष्ट्रिय विदा दिने निर्णय भएको छ, यसको आधिकारिक सूचना सरकारी माध्यमबाट आउनेछ उनले भने ।

२०७९ आश्विन ३०, आईतवार ०९:३६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय