धनुषा ,असार २२ गते । धनुषा प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।जनकपुरधाम उपमहानगरपालिका १४ रजौलबाट तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा रजौलका २० वर्षीय अरविन्द मुखिया, सोही ठाउँका २२ वर्षीय रञ्जित मुखिया र २१ वर्षीय सोयल मन्सुरीलाई लागूऔषधसहित पक्राउ गरिएको धनुषाका प्रहरीका सूचना अधिकारीले जनाएका छन् ।
शुभकामना

उनका अनुसार उनीहरुलाई गस्ती टोलीले शंका लाग्दा चेकजाँच गरी लागूऔषध बरामद गरेको थियो । उनीहरुको साथबाट लागूऔषध नाइट्रोभेट ट्याब्लेट दुई आठ पिस, पेन्टा जोसिन ४१ पिस र मोबाइल प्रहरीले बरामद गरेका थिए ।

लागूऔषध
पक्राउ परेका तीनै जना अहिले धनुषा प्रहरीको हिरासतमा छन् । उनीहरुमाथि लागूऔषध मुद्दामा जिल्ला अदालत धनुषाबाट म्याद लिइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।














