फोक्स नेपाल,संवाददाता । निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुरूप मिति २०७९/०६/२९ गते साँझ अं. १९:३० बजेको समयमा ईलाक प्रहरी कार्यालय सवैला धनुषाबाट गस्तिमा खटि गएको प्रहरी टोलीले जिल्ला धनुषा सबैला नगरपालिका वडा नं. १२ नाहरचोक बिरेन्द्रबजार मैनाथपुर जोड्ने सडक खण्ड स्थितमा चेकजाँच गर्ने क्रममा पक्राउ परेका छन् ।
जिल्ला धनुषा सबैला नगरपालिका वडा नं. १३ ढोलवाजा टोलमा बस्ने अं. वर्ष २२ को लक्षमी ठाकुरले प्र २-०१-००२ प ३७२० नं. को रातो रंगको सुपर स्पलेण्डर मो.सा. चलाई र सोही मो.सा.मा पछाडी सवार रहेका जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. ०७ चौहर्वा टोलमा बस्ने अं. बर्ष ३५ को राम सागर ठाकुरले प्रहरी टोलीलाई देखि हातमा बोकेको झोला सहित भाग्न खोज्दा निज राम सागर ठाकुरलाई नियन्त्रणमा लिई कानुनको रितपुर्याई निजको शरिर खानतलासी गर्दा निजले बोकेको झोला भित्र अवैध कटुवा पेस्तोल बरामद भएको छ ।
शुभकामना


निजलाई नियन्त्रणमा लिई सम्मानित धनुषा जिल्ला अदालतबाट हातहतियार खरखजना मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भई रहेको र जिल्ला धनुषा सबैला नगरपालिका वडा नं. १३ ढोलवाजा टोलमा बस्ने अं. वर्ष २२ को लक्षमी ठाकुरले प्र २-०१-००२ प ३७२० नं. मो.सा. सहित फरार भएकोमा निजको खो.त. कार्य भई रहेको जिल्ला प्रहरी धनुषा जानकारी दिएको छ ।














