फोकस नेपाल ,असार २९ गते । काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस चितवनको दासढुंगामा पल्टियो, १९ जना घाइते भएका छन् ।
कांकडभिट्टाबाट काठमाण्डौतर्फ गईरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित हुँदा भरतपुर–२९ दासढुंगामा पल्टिएको छ ।
शुभकामना

आज बिहान करिब ५ः२० बजेको समयमा उक्त बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
बस रुखमा अड्कदा बसमा सवार चालक सहित ४० जना मध्ये १९ जना घाईते भएको पण्डितले बताए ।














