शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,असार २९ गते । नेपाल रेल्वे आइतबारदेखि महोत्तरीको कुर्थासम्म चल्ने भएको छ ।

हाल नेपालमा सञ्चालन रहेको एकमात्र रेल सेवा आइतबारदेखि आफ्नो सेवा विस्तार गर्न लागेको हो ।

शुभकामना

उद्घााटन पश्चात भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म सञ्चालनमा रहेको नेपाल रेल्वे आइतबारदेखि महोत्तरीको कुर्थासम्म सञ्चालन हुने भएको छ ।

आइतबारदेखि ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा सञ्चालनको शुभारम्भ गर्नका लागि नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला आउने महाप्रबन्धक झाले जानकारी दिए ।

२०८० असार २९, शुक्रबार १२:३४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय