शिव मारुती ज्वेलर्स

धनुषा ,असार २९ गते । धनुषा प्रहरीले चोरीको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने ३८ वर्षीय फेकन दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शुभकामना

बुधबार राति १ बजे जनकपुरधाम २१ कुर्था स्थित चन्देश्वर साहको पसलको बाँसको टाटीमा प्वाल पारी पसलभित्र रहेको गल्लाबाट ८० हजार चोरी भएको सूचनाको आधारमा खटेको प्रहरी टोलीले दासलाई नियन्त्रणमा लिएको छ ।

चोरी भएको १ घण्टा पश्चात चोरीमा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा दासलाई नियन्त्रणमा लिई उनी बस्ने कोठामा खानतलासी गर्दा कोईला राख्ने बोरामा लुकाई छिपाई राखेको ३२ हजार ८४५ रुपैयाँ बरामद गरेको प्रहरी प्रवक्ता जानकारी दिए ।

२०८० असार २९, शुक्रबार १२:४६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय