जनकपुरधाम । सबैला नगरपालिका वडा नं. ९ को कुशमाहा किशोरी काण्डमा वडाध्यक्षले नै प्रकरण मिलाएको खुलेको छ । वडा नं. ९ का वडाध्यक्ष मनिष रायले सो काण्ड मिलाउन आफैँ ईलाका प्रहरी कार्यालय सबैला पुगेको किशोरीकी बुवा राजकिशोर साहले बताएका छन् ।
छोरी भगाउने स्थानीय सुनचाँदी व्यावसायी श्रीनारायण साहमाथि छोरी अपहरणको जाहेरी दर्ता गराउन गएका किशोरीकी बुवा राजकिशोर साहले प्रहरी कार्यालयमा वडाध्यक्ष मनिष रायले समाजमै मिलापत्रको लागि दबाब दिएको प्रतिक्रिया दिएका छन् ।
शुभकामना

सो घटनाको सन्दर्भको एक भिडियोमा किशोरीकी बुवा राजकिशोर साहले वडाध्यक्ष रायको नाम लिएका छन् । उनले ईलाका प्रहरी कार्यालय सबैलामा पुगेर मिल्न दबाब दिएको प्रतिक्रिया दिएका छन् । (भिडियो सुरक्षित छ)
ईलाका प्रहरी कार्यालयमा लिखित निवेदन दिएका राजकिशोरलाई वडाध्यक्ष मनिष रायले निवेदन फिर्ता लिन दबाब दिएको प्रतिक्रिया दिएका छन् । वडाध्यक्ष रायले नै उसको छोरी आफ्नो कब्जामा रहेको भन्दै छोरीलाई ईलाका प्रहरी कार्यालयमै ल्याएको बताएका छन् ।
यस्ता घटनाहरुलाई समाजमै मिलापत्र गर्ने प्रयास गर्नुपर्ने धारणा ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक रामकृष्ण देवकोटाले दिएको बताइएको छ । ईन्सपेक्टर देवकोटाले सकेसम्म समाजलमै मिलापत्र गर्नु नभएपछि निवेदन अनुसार कानुनी प्रक्रियामा जाने सल्लाह दिएको राजकिशोरले बताएका छन् । यस्ता प्रकरणहरु समाजमै मिलापत्र गर्ने गरिन्छ । यद्यपी, यस्ता प्रकरणमा एक निर्वाचित जनप्रतिनीधिले मिलापत्रकै लागि दबाब दिनु गैर–कानुनी मानिन्छ ।
सो काण्डमा वडाध्यक्ष रायले भूमिगत भूमिका निर्वाह गरेका छन् । श्रीनारायण साहलाई बचाउन गर्नको लागि उनले प्रहरीसम्म पुगेको बताईएको छ । १७ बर्षिय किशोरी भगाउने काण्डमा वडाध्यक्ष राय सुरुदेखि अन्त्यसम्म सम्पर्कमा रहेको दाबी गरिएको छ ।
कानुन अनुसार, उमेर नपुगेको किशोरी, बालिकासँग शारिरिक सम्पर्क राख्दा बलात्कारको मुद्दा लाग्ने गरिन्छ । यद्यपी, किशोरीको कलिलो उमेरमै बिहे गरेको कारण उनको बुवा राजकिशोर साह पनि कानुनी फन्दामा पर्ने निश्चित देखिएको छ ।न्यूज ब्युरो














