शिव मारुती ज्वेलर्स

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाबाट १६ लाख ४० हजार रुपैयाँ बराबरको चाँदीका गरगहना र भाडासहित एक जनालाई पक्राउ गरेको छ ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर–१४ बाट करिब २० किलो चाँदीका गरगहना सहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताउनुभयो ।

शुभकामना

पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने ४४ वर्षीय लाल बाबु साह रहेका छन् । डाईभरडाडाबाट प्रदेश २–०३–०१८ प ८२४८ को मोटरसाइकलमा हेटौंडा बजारतर्फ आउँदै गरेका साहलाई चेकजाँच गर्दा १९ किलो ८४५ ग्राम चाँदीबाट बनेको अवैध गरगहनाहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त अबैध चांदीका गरगहना, मोटरसाइकल र साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।

२०७९ कार्तिक १, मंगलवार ०६:१४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय