इन्द्रजीत महतो , श्रावण ०८ गते । मिथिला चित्रकला कलाकारका रुपमा परिचित अजित साहले आफ्नो जन्मदिन अवसरमा बालिबालिकालाई शैक्षिक सामग्री र झोला वितरण गरी जन्म दिन मनाएका छन् ।
शनिबार आफ्नो जिन्मदिनको अवसर पारेर उनले युवाहरु मार्फत जनकपुरको दुधमती स्थित समामुदायिक विद्यालयमा अध्ययनरत्त विपन्न समुदायका २२ बालबालिकालाई शैक्षिक सामग्री तथा झोला वितरण गरेका हुन् ।
शुभकामना

जनकपुरधाम घर भएका साह हाल अमेरिका बस्छन् । चार दशकदेखि मिथिला चित्रकलाको काम गर्दै आएका उनी राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न पदक तथा सम्मान प्राप्त गरेका छन् ।
इन्द्रजीत महतो, अशोक साह र आनन्द सहनीको विशेष आयोजनामा स्कुल झोला, कापी, कलम, जियोमेक्ट्री बक्स र खाजा खुवाउदैं शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले जन्मदिनमा झोला तथा शैक्षिक सामग्री वितरण गरेको महतोले बताए ।
















