शिव मारुती ज्वेलर्स

पर्सा ,श्रावण १४ गते । महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको आरोपमा मोरङमा तीनजना पक्राउ परेका छन् ।

सुन्दरहरैँचा नगरपालिका–९ मा बस्दै आएकी २७ वर्षीया एक महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको आरोपमा शनिबार साँझ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

शुभकामना

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ मा बस्दै आएका २६ वर्षीय विशाल रायमाझी, पर्साकै जगरनाथपुर नगरपालिका–६ मा बस्दै आएका २९ वर्षीय उमेशराय यादव र पर्सामै बस्दै आएका १० वर्षीय बालक रहेका छन् ।

सुन्दरहरैँचा–८, सलकपुर बजारमा महिलाले तरकारी किनिरहेको अवस्थामा उनीहरूले सिक्री लुटेर भाग्ने प्रयास गरेका थिए । त्यसक्रममा स्थानीयले विशाललाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । पछि थप दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०८० श्रावण १४, आईतवार ०९:५०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय