शिव मारुती ज्वेलर्स

सिरहा, श्रावण १७ गते । सिराहामा एक युवकको शव फेला परेको छ ।

गोलबजार नगरपालिका– २ गागन खोलाको पश्चिम किनारमा आज बिहान करिब २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

शुभकामना

गागन खोलाकिनारको झाडीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

शवको प्रकृति हेर्दा युवकको हत्या गरी फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। टाउकामा चोट लागेको र घाँटीमा गम्छा बाँधिएको अवस्थामा शव भेटिएकाले हत्या भएको हुन सक्ने गोलबजार इलाका प्रहरी कार्यालयले जनाएको छ।

अन्यत्र कतै हत्या गरी शव झाडीमा फालिएको हो कि भन्ने आशंका भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले बताए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८० श्रावण १७, बुधबार ०१:३१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय