फोक्स नेपाल , संवाददाता । श्रोत नखुलेको नगद रू. २० लाख सहित २ जना पक्राउ परेका छन् ।
निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुरूप मिति २०७९/०७/०१ गते राती अं २०:०० बजेको समयमा प्रहरी चौकी बरमझिया धनुषाबाट खटि गएको प्रहरी टोलीले जिल्ला धनुषा सबैला न.पा वडा नं १२ रघुनाथपुर नहरचोक स्थीतमा सवारी साधनहरू चेक जाँच गर्ने क्रममाश्रोत नखुलेको नगद रू. २० लाख सहित २ जना पक्राउ परेका छन् ।
शुभकामना

जिल्ला सुनसरी ईनारुवा न.पा वडा नं ०६ बस्ने बर्ष २२ को आशिष कामदले चलाएको प्र-०१-०२-०४६ प. ५६३१ नं. को मोटरसाईकल पछाडी सवार रहेको जिल्ला सुनसरी ईनारुवा न.पा वडा नं ०६ बस्ने बर्ष २७ को बजरंग प्रसाद गुप्ताले बोकेको कालो रंगको झोला भित्र श्रोत नखुलेको नेपाली नोट रु २०,००,०००।- (बिस लाख) फेला परेको छ ।
स्थानीय मानिसहरूको रोहबरमा रित पुर्वक बरामद गरि उक्त रकम सहित निज दुवै जनालाई नियनत्रणमालिई ईलाका प्रहरी कार्यालय सवैला धनुषामा ल्याई थप अनुसन्धान पश्चात आवश्यक कार्वाहीको लागी सम्पत्ती शुद्धीकरण अनुसन्धान बिभाग काठमाण्डौमा बुझाउने तर्फ आवश्यक पहल भई रहेको ईलाका प्रहरी कार्यालय सवैला जानकारी दिएको छ।














