शिव मारुती ज्वेलर्स

बाबू प्रेम यदुवन्सी ,श्रावण १९ गते । मधेश प्रदेशकाे महाेत्तरी जिल्लाकाे १५ वटै पालिकालाई सर्व पक्षिय सर्व दलिय सहमति अनुसार सुख्खा क्षेत्र घाेषण को लागि सिफारिस गर्ने निर्णय गरिएको छ।

प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीकाे अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख सुमन लाल कर्णकाे प्रमुख आतिथ्यमा विपद् जाेखिमन्यूनीकरण व्यवस्थापन सम्बन्धि गरिएको बैठकले सिफारिस गर्ने निर्णय गरिएको हो ।

शुभकामना

कार्यक्रममा कृषि ज्ञान केन्द्र महाेत्तरीका कार्यालय प्रमुख डाक्टर ,रामचन्द्र यादवले जिल्ला भित्रकाे सम्पूर्ण स्थानिय तहमा धान राेपाई २०.४० प्रतिशत मात्र भएको विवरण प्रसतुत गर्नुभएकाे थियो । कृषि ज्ञान केन्द्रका विवरण अनुसार विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ काे दफा १६ बमोजिम जिल्ला विपद् व्यवस्थापन समिति महाेत्तरीले यस वर्ष वर्षातकाे समयमा भएको अनावृष्टि र खडेरीका कारण यश जिल्ला भित्रका धान राेपाई अति न्यून रहेको र खडेरी निरन्तरताले राेपाई भएका धानवाली समेत डढ्न थालेको कारण खाद्यान्न संकटको अवस्था सिर्जना भएकोले सुख्खा क्षेत्र घाेषणको लागि सिफारिस गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति महाेत्तरीका अनुसार किसानहरुलाई प्रत्येक्ष लाभ हुनेगरी अन्य बैकल्पिक बालिकाे बीउ,विजन ( गहुँ ,मकै)काे बीउ मलखाद सिचाइ सहित थप राहत उपलब्ध गराउने तथा अन्य आवश्यक व्यवस्थापनकाेलागी प्रदेश र संघ सरकारबाट सहयोग माग गरिने निर्णय समेत गरेको हो ।

कार्यक्रममा १५ वटै पालिका प्रमुखहरु लगायत स्वास्थ्य प्रमुख,कृषि ज्ञान केन्द्र प्रमुख ,रेड्क्रस साेशाईटीका प्रमुख, नेपाल खानेपानी जलेश्वरका प्रमुख,गैर सहकारी सस्था महासंघका प्रमुख विभिन्न संघ सस्थाका विज्ञहरूको उपस्थितिमा रहेको थियो ।

२०८० श्रावण १९, शुक्रबार १६:४७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय