शिव मारुती ज्वेलर्स

जनकपुरधाम, कार्तिक ३ गते ।भन्सार छली तस्करी गरेको सामानसहित जनकपुरबाट एकवटा एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बिहान ४ बजेके समयमा जनकपुर उप(महानगरपालिका वडा नं. १७ कटरैट स्थितबाट प्रहरीले  मे.१ च. ३५० नम्बरको एम्बुलेनस भन्सार छलिका सामानसहित नियन्त्रणमा लिएको हो ।

सो एम्बुलेन्स सोनामाई भ्याली बचत तथा ऋण सहकारी संस्थाद्वारा संचालित रहेको छ । भारतको जयनगरबाट जनकपुर तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी किराना जन्य सामानहरु तथा बिभिन्न किसिमका पटाकाहरु लोड रहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शुभकामना

कारबाहीको लागि एम्बुलेनस तथा सरसमानहरु भन्सार कार्यालय जनकपुरमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

२०७९ कार्तिक ३, बिहीबार ०९:४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय