शिव मारुती ज्वेलर्स

झापा, कार्तिक ३ गते । झापाको गौरादह नगरपालिका–८ मा भतिजलाई गोली हानेर एक जनाले आफै आत्महत्या गरेका छन् ।

स्थानीय ३५ वर्षका जीवन शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । उनले आफैंले कन्चटमा गोली हानेको हुनसक्ने देखिएको झापा प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले बताए ।

शुभकामना

यसको केहीअघि शाहले उनका भतिज १५ वर्षीय हेमराजलाई गोली हानेका थिए । उनको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

मृतक शाह सशस्त्र प्रहरी बलबाट अवकाशप्राप्त कर्मचारी हुन् ।उनले ‘ह्याण्ड मेड’ पेस्तोलबाट गोली हानेको देखिएको छ । भतिजलाई गोली हानिएभन्दा ५० मिटर उत्तरमा रहेको गेउरिया खोला किनारमा बाँसको झ्याङ्गमुनि शाह गम्भीर अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार उनको साथमा भेटिएको पेस्तोलबाट ३ राउण्ड गोली समेत बरामद भएको छ । ११ वटा गोली पनि भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरुबीच पारिवारिक विवाद हुनसक्ने आशंका गरिएको छ । यसबारे इलाका प्रहरी कार्यालय, दमकले विस्तृत अनुसन्धान थालेको छ ।

२०७९ कार्तिक ३, बिहीबार १४:२०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय