गणेश कुमर सिंह,महोत्तरी । महोत्तरीको गौशालामा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । गौशाला नगरपालिका वडा नं. १२ पुरानो कन्तिबजारमा बस्ने भिखारी ठाकुरको ३८ वर्षीय छोरा विजय ठाकुरको मृत्यु भएको छ ।
घरमा सुतिरहेको अवस्थामा राति ३ बजेतिर सर्पले घाटीमा टोकेको थियो । सर्पले टोकिसके पछि उपचारका लागि बर्दिवास सर्पदन्श उपचार केन्द्रमा लगिएको थियोे ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

बर्दिवास सर्पदन्श उपचार केन्द्रमा लगेपछि उपचारको क्रममा भेन्टिलेटरको आवश्यक परेपछि त्यहाँ एउटै भेन्टिलेटर भएकोले उपचार हुन नसकेपछी थप उपचारको लागि बर्दिबास जनसेवा हस्पिटलमा रेफर गरियो। उनलाई बर्दिबास जनसेवा हस्पिटलमा लग्न साथ हस्पिटलले मृत घोषणा गरेका थिए ।















