शिव मारुती ज्वेलर्स

पर्सा, भाद्र २५ गते । पर्सामा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ ।

सोमबार ठोरी गाउँपालिका–४ विजयबस्तीमा नेपाल–भारत सीमा नजिक उखुबारीमा अन्दाजी ३५ देखि ४० वर्ष उमेरको देखिने पुरुषको शव फेला परेको हो ।

शुभकामना

स्थानीयले मृतकको पहिचान गर्न नसकेको इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए । मृत फेला परेका पुरुष विजयबस्ती टोलका होइनन् ।

घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान भइरहेको प्रनि राइले बताए ।

प्रारम्भिक अनुसन्धानबाट मृतकको शरीरमा घाउ चोट तथा निलडाम आदि नपाइएको उनले बताए ।

शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्ज पठाउने तयारी भइरहेको उनले बताए ।

२०८० भाद्र २५, सोमबार १४:३६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय