जलेश्वर ,असोज ०९ गते । मधेश प्रदेशको महोत्तरी जिल्लास्थितबाट होटेलमा यौनधन्दा सँचालन गरेको आरोपमा सँचालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी जिल्लाको सम्सी बजारस्थित सँचालनमा रहेको होटेल सँगममा प्रहरीले छापामारी गरेपछि वेश्यावृतिमा सँलग्न आरोपमा ४ महिला पक्राउ परेकी हुन् । होटेल सँगमका सँचालक समुदायिक विद्यालयका शिक्षक समेत रहेका सँजीव झालाई समेत प्रहरीले पक्राउ गरेको हो ।
शुभकामना

सम्सी प्रहरी चौकिका ईन्चार्ज प्रहरी नायब निरिक्षक लेखनाथ खनालको कमाण्डमा छापा हान्न गएको टोलीले होटेलबाट बेस्याबृतीमा संलग्न एक बालीका, दुई युवती सहित दुई जना युवासँगै संचालक झालाई पक्राउ गरेको हो ।
बिगत देखि नै संचालक झाले संचालन गर्दै आएको होटेल संगमबाट बेश्याबृती हुँदै आएको सूचनाको आधारमा छापा हानेर पक्राउ गरि ल्याईएको जनाएको छ । पक्राउ गरि ल्याईएका बेश्याबृतीमा संलग्नहरूलाई आवश्यक कार्यबाहिको लागि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रमुख प्रहरी उपरिक्षक प्रकाश मल्लले जानकारी दिएका छन् ।
केही बर्ष अगाडि प्रहरीले सदरमुकाम जलेश्वरको नगरपालिका चौकमा संचालित होटेलहरूमा बेश्याबृती गर्दै आएको सूचनाको आधारमा दर्जनौ भारतीय यूवतीहरूलाई पक्राउ गरि सार्वजनिक गर्दै भारतीय सुरक्षा निकायको जिम्मा लगाएका थिए ।
होटेल संगमबाट पक्राउ गरिएको युवती समेत भारतीय रहेको खुलेको हो ।














