शिव मारुती ज्वेलर्स

रौतहट । प्रमुख विहीन रहेको रौतहटको चारवटा पालिकामा कार्यालय प्रमुखको रुपमा प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् ।कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गौरीशंकर कुमार सिंह हाजिर भएका छन् । त्यस्तै, गरुड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी इन्जिनीयर मोहम्मद मुस्ताक आलमलाई दिइएको छ ।

वृन्दावन नगरपालिकाको कार्यालय प्रमुखको रुपमा निमित्त
प्रमुख प्रशासकीय अधिकृत रासनारायण पटेलले दोश्रो पटक
जिम्मेवारी पाएका छन् । त्यस्तै बौधीमाईनगरपालिकाको कार्यालय प्रमुखको रुपमा निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोदयादव हाजिर भएका छन् ।

शुभकामना

सामान्य प्रशासन मन्त्रालयले रौतहटको पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिवलाई पठाउने गरेको भएपनि उपसचिव आउन नमान्ने र कोही आएपनि विभिन्न कारणले बढी दिनसम्म टिक्नै नसक्ने भएको हुँदा अब फेरि निमित्तलाई नै हाकिम बनाएर पठाउन थालेको छ ।

जिल्लाको अधिकांश पालिकामा शाखा अधिकृत, इन्जिनियर र अहेव गरेकाहरुले नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

२०८० आश्विन २६, शुक्रबार ०५:०९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय