दोरेन्द्र खड्का ,बझाङ । सुदुरपश्चिम प्रदेशमा आयोजित प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीमा जिल्ला अस्पताल बझाङ तृतिय भएको छ ।
स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सो गोष्ठीमा ९ वटा अस्पताल मध्ये आर्थिक बर्ष ०७९-०८० मा न्युनतम सेवा मापदण्ड र सम्पादित कार्य मुल्याङकन आधारमा जिलला अस्पताल बझाङ तृतीय स्थानमा आएको हो ।
शुभकामना

स्वास्थ्य निर्देशनालयका अनुसार प्रथम अछाम र दोस्रो अस्पताल रहेको छ । ९ जिलला अस्पतालहरुमा जिल्ला अस्पताल बझाङ तृतीय भएको भन्दै यो स्थान सम्म पुगाउन सहयोग गर्ने जिलला अस्पातलका कर्मचारी ,सरोकारवालाहरुलाइ जिल्ला अस्पतालका मेसु डा नबराज जोशीले धन्यबाद दिनुभएको छ । साथै यसले आफुहरुलाइ थप हौसला थपिएको भन्दै आगामि दिनमा पनि थप सेवा बिस्तार गदै जाने बताउनुभयो ।














