शिव मारुती ज्वेलर्स

वीरगँज । वीरगन्जमा छुरा प्रहारबाट एक महिलाको मृत्यु भएको छ ।वीरगञ्ज महानगरपालिका वडा नं १४ की बहुआरकीकी महिमा खतानुको श्रीमानको छुरा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार राति घरायसी विवादमा श्रीमानले चक्कु प्रहार गरी गम्भीर घाइते भएकी महिमाकोको आइतबार बिहान १० बजे मृत्यु भएको हो ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनको वीरगन्ज हेल्थ केयरमा उपचारका क्रममा महिमाकोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साकाका प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

शुभकामना

इजहारुल हकलाई छुरा प्रहार गर्ने इजहारुल हक अन्सारी फरार भए पनि घटनामा संलग्न अन्य अभियुक्त श्रीमती नूरजहाँ खातुनलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा महिमा इजहारुलकी कान्छी श्रीमती हुन् । पहिलो श्रीमतीबाट सन्तान नभएपछि इजहारुल्ले जिल्ला बारा कलैया उपमहानगरपालिका घुसुकपुरवाकी मृतक महिमासँग विवाह गरेकी थिइन् । महिमाका एक छोरा र एक छोरी छन् ।

मृतकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।

२०८० कार्तिक ७, मंगलवार ०३:२०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय