शिव मारुती ज्वेलर्स

पवन प्रसाद साह/वीरगंज । राष्ट्र राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले पर्सा जिल्ला स्थित वीरगंजमा बैंक,लघुबित्त बित्तिय संस्थाको बिरुद्ध वीरगंजमा बिरोध र्याली प्रदर्शन गरेको छ।

राष्ट्र राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ महाअभियान पर्साका अध्यक्ष श्रीचन्द्र चौधरीको अध्यक्षतामा वीरगंज स्थित लालबंगला बाट निस्केको बिरोध र्यालीमा बिभिन्न किसिमको नारा लगाउदै गालि गलि मे सोरबा बैंक सब चोरबा, लघुबित्त बित्तिय संस्था खारिज गर,देशमा राष्ट्रिय आर्थिक संकटकसल घोषणा गरि बैंक तथा अनय बित्तिय संस्थाहरु नागरिकहरुको सम्पति लिलाम कार्य तुरुन्त बन्द गर,राजाका पालामा स्थापना भएका र प्रजातन्त्र आएपछि बेचिएका सम्पुर्ण उधोगधन्दा कल कारखानाहरू फिर्तागरी पुनं संचालनमा लयाउनु पर्ने इत्यादि नाराहरु लगाउदै घण्टाघर चोक हुदै माइस्थान,आदर्शनगर,अलखियामठ,पुरानो बसपार्क, घडिअर्वा पोखरी हुदै पुनं घण्टाघर चौकमा आइ कोणसभा परिणत भएको थियो।

शुभकामना

कोणसभा लाइ सम्बोधन गर्दै राष्ट्र राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ महाअभियान पर्साका अध्यक्ष श्रीचन्द्र चौधरीले भने बैंक लघुबित्त, सहकारी, धितोपत्र,बोर्डहरु लाइ राष्ट्रियकरण गरि विपन्न गरिब , सर्बहारा बर्ग र भुईमान्छे किसानहरूले लिएको २०लाख भन्दा मुनिको ऋण मिनाह गर।२०लाख भन्दा माथिको ऋण ४ प्रतिशत देखि ६ प्रतिशत ब्याजमा दिलाइ १० वर्ष सम्म तिर्ने समय थप गरेका छन्  ।

गणतन्त्रले धान्नै नसक्ने खर्च बढाइ यो देशलाइ आर्थिक रुपमा जर्जर बनाइ टाट पल्टाएकोले राज्यको शासकिय स्वरुपलाइ पुनसंरचना गरि वर्तमान प्रदेस संरचना खारेज गर र २०४७ को संबिधान लागु गर‌।स्थाइ र आम जनताले अपनत्व महसुस गर्ने सरकार निर्माणका निम्ति जनस्तरबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागु गर‌,संसदले मन्त्री बन्न नपाउने र त्यसका लागि बिज्ञ समुहबाट मन्त्रीमण्डल छनौट गर्ने ब्यवस्था लागु गर भनि आफना भनाई राखेका थिए। साथै श्रीभगवान,साह,बलराम‌ पासवान,तुलसि रामले कोणसभा लाइ सम्बोधन गरेका थिए।

२०८० कार्तिक १०, शुक्रबार ११:२६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय