रामएकवाल राम , सिरहा कार्तिक १४ गते । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित सिरहामा एकजना व्यक्ति पक्राउ परेका छन।
सिरहा प्रहरीले लहान नगरपालिका वडा न-१३ बस्ने वर्ष-३३ का देवकान्त चौधरीलाइ पक्राउ गरेको हो।प्रहरीले लागुऔषध ओसारपोसार गरिरहेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानका क्युआरटि टोलि र इलाका प्रहरी कार्यलय महेशबारी बाट प्र.ब.ना.नि.यज्ञानंद साहको कमाण्डमा खटिएको टोलीले चौधरी लाइ पक्राउ गरेका छन।
शुभकामना

सोमबार सिरहाको लहान नगरपालिका वडा न-१२ भोटियाटोल स्थित स ९ प ८२७४ नम्बरको मोटरसाइकललाइ रोकी चेकजाच गर्ने क्रममा चौधरीको साथ बाट पलास्टिक सहित २ ग्राम ६० मिलिग्राम ब्राउन सुगर फेला परेको हुनाले मोटरसाइकल सहित प्रहरीले नियन्तरणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजेन्द्रराज पाण्डेले जानकारी दिएको छ ।














