शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,कार्तिक १४ गते । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ मा निसान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मङ्गलबार दिउँसो कुशादेवीबाट नयाँगाउँतर्फ पराल बोकेर जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको निसान ट्रक ब्रेक फेल दुर्घटना भएको हो । ट्रक सडकबाट करिब छ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

शुभकामना

दुर्घटनामा ट्रक चालक स्थानीय रबिन आचार्य र जिल्लाको बेथानचोक गाउँपालिका– २ का शिवविक्रम केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनुभएका आचार्य र केसीलाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनुभएकी बेथानचोक-२ की शारदा तिमल्सिना टाउको, घाँटी र दुबै हात खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उहाँको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

२०८० कार्तिक १४, मंगलवार १२:२६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय