शिव मारुती ज्वेलर्स

महोत्तरी ,कार्तिक १६ गते । महोत्तरी प्रहरीले भन्सार छलिका २५ लाखभन्दा बढी मूल्यको मालसमानसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ ।

मिहोत्तरी बर्दिबास नगरपालिका ३ कालापानी स्थित सिरहा जिल्लाको लहानबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ८ ख ३१९७ नम्बरको मिनि ट्रकलाई नियन्त्रणमा लिएको हो ।

शुभकामना

बिषेश सुचनाको आधारमा ट्रकलाइ रोकी चेकजाँच गर्दा काजु १०० डिब्बा, जिरा ३०० किलो, चामल १८ बोरा, भुजा ४१ बोरा, च्यूरा ६ बोरा र २०० काटुन थान चकलेट गरी २५ लाख २७ हजार ३ सय बराबरको सामानसहित ट्रक र चालक सिन्धुली गढी गाउँपालिका ६ बस्ने ३३ वर्षीय गंगा बहादुर दर्जीलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिएको मालसमानसहितको मिनी ट्रक आवश्‍यक कारबाहीको लागि जलेश्‍वर भन्सार कार्यालय मलिवारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

२०८० कार्तिक १६, बिहीबार ०३:१६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय