फोकस नेपाल ,कार्तिक १८ गते ।देशमा सघिय लोकतान्त्रिक गन्तन्त्र आयो । घर घरमा सिंह दर्बार आयो भन्थे तर नगरपालिकाहरु घुस र भ्रष्टाचारको अखाडा बन्यो ।
सिम्रौनगढ नगरपालिका द्वारा संचालित नगर अस्पतालको नाउँ मा सिम्रौनगढ नगरपालिका अव्रोध रहयो र त्यस कारण सिम्रौनगढको जनता र बिरामीले सस्ती झेल्नुपरेको छ । यदि कुनै प्राबिधिक अथवा कानुनी समस्या छ भने यत्रो महिना बितिसक्दा पनि के कारणले र किन समस्या समाधान हुनसकेको छैन ? जननिर्वाचित जनप्रतिनिधी को योग्यता माथी प्रशन छ ?
शुभकामना

बिगत महिनौं देखि सिम्रौनगढको जनताको सेवा सुबिधामा नगरसभा को नाउँ मा अवरोध हुँदै आएको छ । सिम्रौनगढ नगरपालिका महिनौं देखि अस्तब्यस्त छ । पक्ष र बिपक्ष पुरै देश भरीकै नगरपालिका मा छ तर नेतृत्व गर्ने नेतृत्व गर्ने क्षमतामा फर्क पर्छ । हाम्रो बुझाईमा यो भागबनडा न मिलेकै कारण अहिले सम्म अस्त ब्यस्त छ । तथापि समाजिक संजाल मार्फत जानकारी भए अनुसार नगरसभा भैइसकेको कुरा बहिरिएको छ । नगरसभा नगरपालिका को सभा हल्ल मा हुने कुरा थियो , सुचनामा नगरसभा हल्ल नै लेखिएको थियो तर सभा सभाहल्ल मा न भैइ अन्तै भयो । आखिर कसरी र कुन आधार ले भयो हामी र आम जनतालाई अधिकारीक जानकारी भएको छैन । नियम र कनुन सम्बत भएकै हो भने हार्दिक बधाई साथै धन्यवाद तर लुका छुपी गरि नगरपालिका कहिले सम्म चल्ने हो ?
जुन पालिकामा आज १७ दिन देखि सैक्षिक संस्थाहरु बन्द छ । देश मा नेता अथ्वा कुनै योग्य ब्याक्ती गुरुले बनाउछ आज सिम्रौनगढ नगरपालिका म जति जननिर्वाचित भएको छ कतै न कतै त्यही गुरुहरु बाट पढेलेखेको छ र आज त्यही गुरुहरु नगरपालिका को ढोका आगडि बसेको हेर्दा त्यो नेताहरु लाई लाज लागेको छ कि छैन ? नगरपालिका को कुनै पनि कर्मचारीहरु लाई तलब पाएको छैन । सबै कर्मचारीहरु आन्दोलन मा बसेको छ । त्यो पालिका को बिकास हुन्छ सपना देख्नु मुर्खता हो ।सिम्रौनगढ नगरपलिका को हालत ” गण्डा भएको अण्डा ” जस्तै भयो । यो चाड पर्बको मुखमा पनि कुनै पनि कर्मचारीले तलब न पाउन दु:खद हो ।
म पटक पटक बारम्बार भन्दै आएको कुरा हो । सिम्रौनगढले कुन राजनितिक पद पाउछ अनि बिकास को बाटो लाग्छ । सिम्रौनगढले उपरास्ट्रपति र मुख्यमन्त्री पाएको छ। अब के प्रधानमन्त्री पाउँद बिकास हुने हो ? मुख्यमन्त्री ज्यु कै पालिका यत्रो बिबादास्पद छ भने प्रदेश मा विवाद न हुनु कुरै भएन । सिम्रौनगढ नगरपालिका यत्रो बिबाद मा हुदा अहिले सम्म मुख्यमन्त्री ज्यु को भुमिका के रहयो ? कतै देखिए न । अहिले सम्म बाहिरी रुपले यो विषयमा न बोल्नु दु:खद हो । यदि भित्रीरुपले नै सबै समस्या को समाधान गर्न खोजु भएको छ भने अहिले सम्म टुंगो किन लाग्न सकेको छैन । जुन ठाउ जुन पालिका को मुख्यमन्त्री हुदाहुँदै अहिले सम्म प्रसास्किय प्रमुख कोइ आउन चाह्दैन । यो भन्दा दु:खद के हुन्छ । लोसपा बाट निर्वाचित मेयर र उप केही वडा अध्यक्ष छ अनि त्यो बेला मुख्यमन्त्री ज्यु लोसपा बाट निर्वाचित भएर सभामुख हुनु भएको थियो । यो पालिको चुनावमा वाहा जसपा बाट चुनाव जित्नु भयो र मुख्यमन्त्री हुनु भयो । अब जति लोसपा बाट जितेको जनप्रतिनिधीहरु छ्न बहिरी बुझाइ बाट सबै जसपा भैइसकेको अवस्था छ । अब यसो बुझ्दा गलत हुदैन ।
सिम्रौनगढ नगपालिकामा जसपा र नेपाली कांग्रेस को सता छ । पालिका भरीमा नेतृत्व पंक्ति लाई हेर्दा सबै भन्दा सिर्श ठाँउमा जसपा को मुख्य मन्त्री नै छ । साता र पावर हुदा हुँदै पनि समस्या समधान गराउन सक्नु भएको छैन । के सिम्रौनगढ को जनता लाई शोषन गर्न खोज्नु भएको हो ? त्यसैले मुख्य मन्त्री ज्यु मुखदर्श्क हुनु भयो भने हाम्रो ठमयाई छ ।














