दोरेन्द्र खड्का ,बझाङ । बझाङ जिल्लाका सडक मर्मत तथा स्तरोन्नतिका लागि बजेट बिनियोजन भयको छ ।जिल्लाका विभिन्न पालिकाका सडक मर्मत तथा स्तरोन्नतिका लागि ३ करोड ५० लाख बजेट बिनियोजन गरियको छ ।
शिक्षा, स्वास्थ तथा सुचना प्रविधि समिति सभापति मा. भानुभक्त जोशी को पहलमा सडक बोर्ड नेपालबाट सडकहरु स्तरोन्नतिको लागि बजेट बिनियोज गराइएको हो ।
शुभकामना

बझाङ जिल्लाका लाछिगाड मष्टा गाउँपालिका हुँदै ३ न. वडा कार्यालय भातेखोला रिलु दय सडक स्तरोन्नतिका लागि रु. १ करोड ५० लाख ,झुटेडा दान्ना मेल्लेख सडक मर्मत तथा स्तरोन्नति छविस पाथिभेरा गाउँपालिका ४ मा रु. १ करोड ,
कमेडिखान डौड बुगल नगरपालिका १०,११मा सडक स्तरोन्नतिका लागि रु. १ करोड बजेट बिनियोजन भयको छ ।














