शिव मारुती ज्वेलर्स

रामएकवाल राम ,सिराहा । विद्यालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जिवकुमार साहको हत्या भएको भन्दै विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।

सिरहाको मिर्चैयामा बिहान करिब ८ बजेदेखि  मृतक साहका परिवारजन र स्थानीयवासीले घटनाको छानबिन गरि दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरिरहेका छन् ।

शुभकामना

आइतबार बिहान प्रधानाध्यापक साह गोलबजार नगरपालिका-३ जमदह स्थित विद्यालयको निर्माणाधीन भवनको तेस्रो तल्लामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।घटना ढाकछोप गर्ने प्रयास भएको भन्दै परिवार आन्दोलित बनेका छन् ।

घटना स्थल पुगेका आफन्तले घटनाको प्रकृति हेर्दा  हत्या गरेको आशंका लागेको बताए। उनले भने घटनास्थलमा देखिएका गरतका डोभले र पासोको अवस्था हेर्दा झुड्याएको जस्तो देखिन्छ। यसको उचित छानविन हुनु पर्छ।

प्रहरीका अनुसार घटना हुनुअघि विद्यालयका सहयोगीलाई उनले रिचार्ज कार्ड किन्न पठाएका थिए । उनको दुवै खुट्टा भुइँमा छोएकाले घटनास्थलको प्रकृति हेर्दा घटना शंकास्पद मानिएको छ ।

सडक अवरुद्धका कारण सयौं सवारी साधन अलपत्र परेका छन्। प्रहरीले सडक क्लियर गराउने प्रयास भईरहेको जनाएको छ।

२०८० कार्तिक २०, सोमबार ०७:२८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय