फोकस नेपाल ,कार्तिक २१ गते । सामाजिक सञ्जाल टिकटकमा अश्लील हर्कत गरेर विवादित बनेकी नेतृ शान्ती बराललाई नेकपा माओवादी केन्द्रले निलम्बन गरेको छ ।
शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीको सैनामैना नगर समितिले उनलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको हो ।
शुभकामना

उनीमाथि पार्टीको साङ्गठनिक जिम्मेवारी, पार्टीमा हुनुपर्ने सामाजिक तथा सांस्कृतिक अनुशासन तथा आम नेपाली सामाजिक तथा सांस्कृतिक व्यवहार विरुद्ध गई सामाजिक सञ्जालमा प्रस्तुत हुन गएको आरोप लगाइएको छ । “उक्त कारण समेतले निजलाई पार्टी सङ्गठनको सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्य समतबाट निलम्बन गरिएको जानकारी गराउँदछौं,” विज्ञप्तिमा अगाडि भनिएको छ ।
बरालले विभिन्न समयमा विभिन्न नेताहरुसँग तस्विर खिचाएर टिकटकमा हाल्ने, स्तन प्रदर्शन गर्ने, यौनाँग देखाउने भिडियोहरु सार्वजनिक भएपछि उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निलम्बन गरिएको हो ।














