शिव मारुती ज्वेलर्स

धनुषा ,कार्तिक २५ गते । हतियार देखाएर गएराती एक घरमा डकैती भएको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिजमा गएराति एक घरमा डकैती भएको हो । स्थानीय रामकेवल महतोको घरमा डाँका समूहले राति करिव १२ बजेको समयमा घर पछाडिको बाटो प्रवेश गरी लुटपाट र डकैती गरेको महतोले बताएका छन् ।

शुभकामना

पाँचजनाको समूहमा हातहतियार सहित घरमा प्रवेश गरेको डाँकाले आफुमाथि पेस्तोल तेर्स्याउँदै नगद, सुनचाँदीकोे गरगहना निकाल भन्दै लुटपाट गरेको पीडित महतोको भनाई छ ।

प्रतिकार गर्न खोज्दा ज्यान लिने भन्दै पेस्तोल ताकेर मोबाइल फोन, श्रीमतिको मंगलसुत्र लुटपाट गर्दै घरमा रहेको दराज, पेटी फुटाएर नगद, गरगहना डकैती गरेको उहाँको भनाई छ । डाँका समूहले घरबाट नगद ५० हजार, डेढ तोला सुन, ३० तोला चाँदी र ३ सेट मोबाइल फोन लुटेर लगेको महतोले जानकारी दिएका छन् ।

घटना लगतै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराउँदा पनि राति १ बजे आएको र घटनाबारे जानकारी लिएर फर्केको स्थानीयले बताएका छन् ।

डाँका समूहलाई खोज्न प्रहरीले चासो नदेखाएको स्थानीयको गुनासो छ । यता ईलाका प्रहरी कार्यालयले घटना सम्बन्धि जानकारी पाएपछि डाँका समूहको खोजतलासमा जुटेको जनाएको छ । पीडित महतो धन्तेरसका दिन हिजो मात्रै महेन्द्रनगरको एक बैंकको एटिएमबाट नगद ३० हजार झिकेर ल्याएको बताए ।

२०८० कार्तिक २५, शनिबार ०२:१७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय