शिव मारुती ज्वेलर्स

कपिलवस्तु ,मंसिर ०९ गते । कपिलवस्तुको तौलिहवा उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी बढेको छ । नयाँ नेतृत्वका लागि उद्योगी व्यवसायीहरु अघोषित प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

नयाँ कार्यसमिति चयनका लागि ५ वर्षपछि हुन लागेको निर्वाचनमा निवर्तमान अध्यक्ष गयादिन कुर्मी (दिपु), महासचिव अर्जुन चापागाई, र धीरज कुमार गुप्ता (संजय) अध्यक्ष पदका दावेदार हुन् ।

शुभकामना

निर्वाचन कार्यतालिका अनुसार बिहिबार अध्यक्षमा तीन जनाको उम्मेद्वार दर्ता गराइएता पनि निर्वाचनमा दुई प्यानल बनाएर आ–आफ्नो उम्मेदवारी दर्ता गरेको श्रोतको भनाइ छ ।

कपिलवस्तु जिल्लाको सदरमुकाममा रहेको संघ भएकाले पनि संघ प्रति सबैको चासो बढ्दै गएको छ ।

मंसिर १३ गते हुने कार्यसमितिको निर्वाचनलाई मंसिर ७ गते उम्मेदवारी दर्ताको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको थियो । अहिले अध्यक्ष पदमा नयाँ अनुहारका रुपमा न भएकोले  निवर्तमान अध्यक्ष गयादिन कुर्मी (दिपु)ले उम्मेद्वार दिएका छन् । अध्यक्ष पदमा सर्वाधिक मत ल्याई जितेका गयादिन कुर्मी (दिपु) पदका बलिया उम्मेद्वार मानिन्छन् ।

सरल र सहयोगी स्वभावका छवि बनाएका गयादिन कुर्मी (दिपु)लाई पराजित गर्न अन्य दुई उम्मेद्वारलाई फलामको चिउरा चपाए जस्तो हुन सक्ने तौलिहवाका अधिकांश ब्यापारीको आंकलन छ ।
कुर्मी (दिपु)ले व्यवसायीको हकहितका लागि नयाँ एजेण्डाका साथ नेतृत्व लिन चाहेको बताउछन्। उनले भने, ‘यहाँका व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेछ । बजार व्यवस्थापनका कुरा छन् । समग्रमा व्यवसायीको हकहितका लागि काम गर्छु ।

गयादिन कुर्मी (दिपु)ले शिव मन्दिर अगाडिको पार्क व्यवस्थापन,एम्बुलेन्स संचालन,संघको विधान निर्माण,तौलिहवा सदरमुकाममा कर कार्यालय स्थापना,तौलिहवा सदरमुकाममा यातयात कार्यालय ल्याउना,वाल विटोरी जग्गा बजार भित्र को लाल पुर्जा दिलाउन मन्त्रालय सम्म पहल,संस्थापक अध्यक्ष को शालिक स्थापना,व्यापारिहर को हक अधिकार सुनिश्चित गराउन लगायत विभिन्न कार्य गरेर सामाजिक कार्यमा सक्रिय सहभागी रहेको छ ।

तौलिहवा उद्योग बाणिज्य संघको निर्वाचन यहि मंसिर १३ गते हुने मुख्य निर्वाचन अधिकृत राजु कुमार श्रीवास्तवले बताए । निर्वाचनका लागि १४ सय १३ जनाको मतदाता नामावली प्रकाशन भइसकेको छ ।

२०८० मंसिर ९, शनिबार १४:०८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय