शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,मंसिर १० गते । जनमत पार्टीले आज रंगभेदविरुद्धको एकता दिवस महाेत्तरी जलेश्वरमा मनाएका छन ।

२०७१ मंसिर १० गते काठमाडौंको सुन्धारामा राज्यबाटै मधेसी, थारु, आदिवासी र जनजातीसँग रंगको आधारमा विभेद हुँदै आएको दाबी गर्दै तत्कालिन स्वतन्त्र मधेस गठबन्धनका संयोजक तथा वर्तमान जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको नेतृत्वमा विशाल सभामा गरेको थियो ।

शुभकामना

सोही क्रममा रंगकै आधारमा नेपाल प्रहरीले ४ सय ६५ जनालाई गिरफ्तार गरेको थियो । त्यही बेलादेखि स्वतन्त्र मधेस गठबन्धन र हाल जनमत पार्टीले यो दिवसलाई हरेक वर्ष मंसिर १० गतेको दिनमा मनाउँदै आएको छ ।

आजकाे कार्यक्रममा मानिनय गाेमा लाभ ,अनिता साह  केन्द्रीय सदस्य संजय सिह, जनमत विधार्थी संघका अध्यक्ष सुमन चाैधरी, सुरेश सिंह ,सुनिलले पनि आ आफ्नाे मन्तव्य दिएका थिए।

जिल्ला अध्यक्ष  वीरेन्द्र मंडलकाे अध्यक्षता कार्यक्रम  सम्मन्न भएकाे छ ।कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेका छन ।

साे काे जानकारी जनमत पार्टीका गाैशाला नगर सदस्य  ईन्दल राउतले दिएका छन ।

२०८० मंसिर १०, आईतवार १३:४१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय