फोकस नेपाल ,मंसिर ११ गते । धनुषामा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । धनुषाको हँसपुर नगरपालिका वडा नं. ८ झटियाही स्थित करेन्ट लागेर मृत्यू भएको हो ।
सोमबार विहान ११ बजेको समयमा आफ्नै खेतमा पानी सिँचाई गर्न पुगेका स्थानीय ६५ बर्षिय राजेन्द्र राउतको करेन्ट लागेर मृत्यू भएको हो । उनको मोटरबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।
शुभकामना

ईलाका प्रहरी कार्यालय सुगा निकालका अनुसार, खेतमा मोटर लिएर सिँचाई गर्न गएका राउतलाई कट भएको तारमा छोएपछि करेन्ट लागेर घटनास्थलमै मृत्यू भएको थियो ।
मृतकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल पुरयाएर पोष्ट मार्टम गरेपछि शव परिवारजनलाई जिम्मा लगाएको बताईएको छ ।














