शिव मारुती ज्वेलर्स

सप्तरी ,श्रावणन २२ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही वीरपुरनजिक धानखेतमा एक जनाको शव फेला परेको छ। मृत फेला पर्नेमा सिरहाको लहान नगरपालिकाका ४५ वर्षिय पवनकुमार कर्ण छन् ।

आज बिहान उनको शव सप्तरीको राजविराज–कुनौली सडक छेउमा धान खेतमा जमेको पानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शुभकामना

कर्ण घटनास्थलनजिकै रहेको निरज इँटाभट्टामा मुन्सीको रूपमा काम गर्दै आएका थिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

२०८१ श्रावण २२, मंगलवार ०७:५५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय