महोत्तरी ,श्रावण २८ गते । महोत्तरी जिल्लामा तेस्रो लिङ्ग अनुसार नागरिकता नदिएको भन्दै चौतारी नेपाल द्वारा पत्रकार समेलन गरेका छन् । नागरिकता पाउन लाई पनि लिङ्ग हेर नागरिकता दिने प्रविती हटाई सहजै नागरिकता पाउनु पर्ने कुरा राखेका छन् ।

शुभकामना


PEPFAR ,USAID र EpiC को सहयोगमा संचालित चौतारी नेपाल गरेको काममा महोत्तरीको कुनै पनि गाउँ पालिका र नगरपालिका तेस्रो लिङ्ग पहिचान गर्न र त्यसअनुसारको नीति तथा कार्यक्रम बजेट नराखेको चौतारी नेपालका कार्यक्रम संयोजक राम बरन यादवले आरोप लगाए । सबै कार्यक्रममा सम्मान रूपमा सहभागिता र रोजगार तथा सीप मुलक सहभागिता हुनु पर्ने समेत भनेका छन् ।
समाजमा आम समुदाय जस्तै हामीलाई पनि सहजै जीवन जिउँन दिने वातावरण मिलाई दिनुहुन स्थानीय सरकार बालाहरु सँग आग्रह समेत गरेका छन् ।

नेपालमा महिला पुरुष सम्मान अनुसार नागरिकता दिए जस्तै तेस्रो लिङ्गलाई पनि आफ्नो पहिचान अनुसारको नागरिकता दिनमा सहयोग गरिदिनु हुन पत्रकार समेलन गरेका बताए ।
हाल नेपालमा १ लाख ५६ हजार भन्दा बढी तेस्रो लिङ्गी रहेको अनुमान गरिएका छन् । चौतारी नेपाल र जिल्ला ART सेन्टर द्वारा अहिले सम्ममा महोत्तरी भरी HIV संक्रमित ३६ जना पोजेटिभ रहेको बताए ।

त्यस्तै चौतारी नेपाल बाट विभिन्न प्रकारको सुविधा मध्ये लुप व्यवस्था ,कण्डम व्यवस्था HIV संक्रमित परिक्षण कीटको समेत व्यवस्था र कार्यालयमा आएर परिक्षाको सुविधाहरू रहेको कार्यक्रम संयोजक यादव बताए ।














