शिव मारुती ज्वेलर्स

धनुषा ,श्रावण ३२ गते । धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका ९ स्थित जलाद खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका ३ की १० वर्षीया संध्या यादव रहेकी छन् । संध्या आफन्तको घरमा गएका थिइन् ।

शुभकामना

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार, आज दिउँसो नुहाउन गएका यी बालिकालाई खाल्डोमा जम्मा भएको पानीमा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेका थिए। निकाल्दा दुबै बालिकाको मृत्यु भइसकेको थियो ।

दुबै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटना बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०८१ श्रावण ३२, शुक्रबार १४:३८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय