शिव मारुती ज्वेलर्स

महोत्तरी,भाद्र ०५ गते । महोत्तरीमा बिहे भएको चार महिना नबित्दै श्रीमानले श्रीमतिको हत्या गरेको खवर बाहिरिएको छ ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ८ रमौलस्थित स्थानीय मोहन राउतको छोरा बर्ष २४ को रोहन राउतले आफ्नै श्रीमति बर्ष १९ की रिना राउतलाई घाँटी थिचेर हत्या गरिएको बताईएको छ ।

शुभकामना

राउतले श्रीमतिको परिवारसँग दाईजो मागेको र नदिएको कारण घाँटी थिचेर हत्या गरिदिएको स्थानीयहरु बताउँछन् । यद्यपी, श्रीमान श्रीमतिबीच कुनै कुरालाई लिएर झगडा हुँदा आवेगमा आएर रोहनले घाँटी थिचेर मारिदिएको प्रहरीका प्रारम्भिक जानकारी छ ।

महोत्तरीको सोनमा घर भएकी रिनालाई दाईजोको कारण मारिदिएको परिवारजनको आरोप छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।

२०८१ भाद्र ५, बुधबार ०८:३२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय