शिव मारुती ज्वेलर्स

महोत्तरी ,भाद्र १२ गते  । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले युवकलाई यातना दिएको छ । एक युवकलाई कुटपिट गर्दै मोबाइलसमेत खोसेको आरोप मेयर साहमाथि लागेको छ ।

कृष्ण जन्माष्टमीको अवसरमा भंगहा नगरपालिका–४ स्थित प्रेमनगरमा मेयर साहले सोही वडाका रवीन्द्र महतोमाथि कुटपिट गर्दै यातना दिएको आरोप छ ।

शुभकामना

पीडित महतोले कृष्ण जन्माष्टमीको दिन मेलामा आर्केस्ट्रा नचाएको र भंगहाका मेयर साह नाचिरहेको बेलामा भिडिओ खिच्दा आफूमाथि कुटपिट गरेको आरोप लगाए ।

नृत्यगानको भिडियो खिच्न खोजेपछि कुटपिट गरी मेयरले मोबाइल नै खोसेर लगेको उनले बताए । उनले फोन पनि फिर्ता नपाएको बताए ।

कुटपिट भएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रमुख जिल्ला अधिकारीसँग सुरक्षाको माग समेत गरेको पीडित महतोले भने ।

पीडित महतोले यसअघि पनि मेयर साहले गरेको क्रियाकलाप र नगरपालिकाको कामकारबाहीको विषयमा समाजिक संजालमा लेख्दै आएका थिए ।

पीडित महतोले भने, ‘सार्वजनिक शौचालय लगायत विभिन्न विषयमा मैले बोल्दै आएको थिएँ। अनियमितता भएको भन्ने विषयमा मैले कुरा राख्दै आएको थिएँ। यसैबीच मलाई धाकधम्की दिनुभएको थियो, मेयरले फोनमा भएका तथ्य प्रमाण डिलिट गर्ने भनेर राख्नुभएको होला ।’

तर यता मेयर साहले भने आफूमाथि लगाइएका आरोप निराधार रहेको जिकिर गरे ।

उनले युवक साहमाथि कुटपिट पनि नगरेको र उनको फोन पनि नलिएको दाबी गरे ।

२०८१ भाद्र १२, बुधबार १७:०५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय