शिव मारुती ज्वेलर्स

महोत्तरी ,असोज ०७ गते  ।  महोत्तरी जिल्ला प्रशासन कार्यालय अगाडि रामगोपालपुर नगरपालिका वडा नं २ को वडाध्यक्ष मुकेश यादवको भाद्र ८ गते मोटरसाइकल दुर्घटनामा भएको मृत्यु सम्बन्धमा सत्यतथ्य छानबिन होस भनेर हजारौंको संख्यामा समर्थकले नारा जुलुस र प्रदर्शन गरेको छ ।

शुभकामना

वडाध्यक्ष यादवको हत्या गरेको भन्दै पूर्व सांसद लालेन्द्र मण्डलको नेतृत्वमा रामगोपालपुर नगरपालिका अन्तर्गत रहेको आठ वटै वडाबाट हजारौंको संख्यामा प्रदर्शनकारीको उपस्थिति जिल्ला प्रशासन कार्यालय जलेश्वर अगाडि रहेको थियो ।

विभिन्न मागहरू राखी पार्टीको झण्डा सहित फ्लेकार्ड बोकेर समर्थकले नारा जुलुस गर्दै बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयको गेट अगाडि शान्तिपूर्ण धर्ना दिएको थियो । घटनाको उच्चस्तरीय छानबिन र दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्याय सहितको माग प्रदर्शनकारीको रहेको थियो ।

२०८१ आश्विन ६, आईतवार २२:५९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय