दिवेश कुमार महतो, जनकपुरधाम । Save Hinduism Save Humanity नामँक संस्था द्वारा जनकपुरधाम स्थित रहेको जमिरिया देवी कुष्ठरोग आश्रममा बालबालिकाहरुलाई शैक्षिक सामाग्री र नास्ता वितरण गरिएको छ।
Save Hinduism Save Humanity संस्थाको संस्थापक अध्यक्ष सुदिप झाको संयोजकत्वमा मंगलबार साझ Save Hinduism Save Humanity का स्वयंसेवक साथीहरुको उपस्थितिमा शैक्षिक सामाग्री र नास्ता वितरण गरिएको छ। कार्यक्रमको प्रमुख अतिथि राप्रपा युवा संगठन धनुषा अध्यक्ष मुन्नु झाले बालबालिकालाई खुशी पार्नका निम्ति र शिक्षण सिकाइ मा सहजिकरण होस भन्ने उदेश्यले उक्त समाग्रीहरु निरन्तर रुपमा वितरण गर्दै आइरहेका छौँ। हामी त्रैमासिक रुपमा विपन्न बेसहारा बालबालिकाहरुलाई शिक्षण समाग्री वितरण कार्यक्रम गर्दै आएका छौँ भन्ने कुरा बताए।
शुभकामना

शैक्षिक सामाग्री अन्तर्गत सानो र ठुलो आकारको कोपी ,कलम कलर पेन , पेन्सिल लगायत बिस्कुट ,चाउचाउ , चकलेट,चोकोपन आदि वितरण गरिएको थियो।
कार्यक्रममा संस्थाका उप-संयोजक राजु कुमार सिंह, सचिव राजिव गुप्ता, सह-सचिव गौतम कुमार लगायत स्वयंसेवकहरुको उपस्थितिमा रहेको थियो ।














