बृहत् रक्तदान कार्यक्रम

फोकस नेपाल , फाल्गुन २९ गते । बर्दियामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु  स्थानीयले गरे राजमार्ग बन्द गरेका छन् ।

गएराति बर्दियाको ठाकुरबाबा नगरपालिका – २, बलाटीका ७१ वर्षीय बोलिराम थारुको हात्तीको आक्रमणबाट मृ*त्यु भएको छ । राती आफ्नो घर नजिकैको खेतमा हात्तीले गहुँ खाएको थाहा पाएपछि धपाउन निस्केका थारुको हात्तीले आक्रमण गरेर मृत्यु भएको हो ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

आक्रमणबाट स्थानीयको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । भुरीगाउँ-चिसापानी सडक खण्डको बलाटी भन्ने ठाउँमा स्थानीयबासीले राजमार्ग अवरुद्ध गरेका हुन् । मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणको लागि दिगो समाधान खोज्न उनीहरूको माग छ । अहिले लामो तथा छोटो दूरीको यातायात ठप्प भएको छ । सडक सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएका छन् ।

यसैबीच, बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासन र स्थानीयवासीबीच वार्ता गरी राजमार्ग खुलाउन प्रयास भइरहेको छ ।

२०८१ फाल्गुन २९, बिहीबार १२:०९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय