बिरगंज ,पर्सा। राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका नेता जलेशवर सरार्फ आमरण अनसन बस्ने जानकारी गराएका छन्। जिल्ला कार्यसमिति पर्साका पदाधिकारीहरुको पार्टी प्रतिको चासो तथा राप्रपाका कार्यकर्ता त आम समुदायहरुले राप्रपा पर्साको कार्यविधी चित बुझ्दो नरहेकोले आमसर्वसाधारणहरुको चासो राप्रपा प्रती बढदै जाने समयमा झन्झन् घटदै गईरहेको गुनासो आईरहेकोले त्यस प्रती सरार्फको चिन्ता बढ्दै गईरहेकोले राप्रपा पर्साको गतिविधि केन्द्रमा पटकपटक गराउदा समेत अहिलेसम्म पनि कुनै किसिमको केन्द्रले चासो नजनाउदा बाध्य भएर उक्त समस्याहरुको समाधानका लागी आमरण अनसनमा जाने जानकारी आफ्नो समाजिक सन्जाल फेशवूक मार्फत सम्बोधन गरेका छन्।
देश र जनताले अहिले परिवर्तन खोजिरहेको बेला तथा लगभग परिवर्तनको संघारमा पुगिसकेको अवस्थामा र सरकारले हाम्रो पार्टीका महामन्त्री धवलशम्शेर राणा लगायत पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र सहित दर्जनौ नेता तथा कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको र वहाँहरुको रिहाईको लागी पनि अहिले राप्रपा लगायत देशका अन्य राष्ट्रवादी आस्था बोकेका शक्तिहरु गोलबद्ध भई आन्दोलनमा होमिएको अवस्था रहेको सर्वविदितै छ। तर राप्रपा पर्साका म लगायत केही नेताहरू मात्र आन्दोलन गरेको र राप्रपा जिल्ला कार्यसमिति पर्साले उक्त आन्दोलनमा आफ्नो कुनैपनी सहभागिता नजनाएकोले पर्सामा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फेलियर बनाउने त होईन भनी चिन्ता समेत राप्रपाका नेता जलेशवर सरार्फले व्यक्त गरेका छन्।
शुभकामना

राप्रपा जिल्ला कार्यसमिति पर्साले समयमै आफ्नो आचरण सुधार नगरी आन्दोलनको कार्यक्रमहरुलाई सार्वजनिक नगरे यसको सम्मपुर्ण जिम्मेवारी राप्रपा पर्साका जिल्ला अध्यक्षको रहने समेत सरार्फले जानकारी गराएका छन्।
अहिले राप्रपाको महा-अभियान देशबाट गणतन्त्रलाई विस्थापित गरी अभिभावकिय भुमिकामा राजसंस्थालाई स्थापित गर्ने हाम्रो अभियान रहेकोले आन्दोलनको अवधी भरी राप्रपा पर्साका अध्यक्षलाई सच्चिने मौका दिएको छु। आन्दोलनको टुंगो लागे पश्चात् अध्यक्षलाई सम्मपुर्ण कुराको जवाफ् दिनुपर्छ समेत नेता जलेशवर सरार्फले जानकारी गराएका छन्।














